Kathmandu Press

सरकार नछाड्ने समाजवादी पार्टीको निर्णय

काठमाठौं, मंसिर ७ : समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाएपनि तत्काल सरकार भने नछाड्ने भएको छ। शनिबार बसेको समाजवादी पार्टीको बैठकले....

सरकार नछाड्ने समाजवादी पार्टीको निर्णय

काठमाठौं, मंसिर ७ : समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाएपनि तत्काल सरकार भने नछाड्ने भएको छ। शनिबार बसेको समाजवादी पार्टीको बैठकले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्वयनबारे सरकार र सत्तारुढ दलसँग वार्ता गर्न समिति गठन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मन्त्रिपरिषद् पुनगर्ठन गर्दा उपेन्द्र यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानुनमा सारेका थिए भने उनका राज्य मन्त्री सुरेन्द्र यादवलाई पदबाट वर्खास्त गरेका थिए। बैठकले मन्त्रालय हेरफेर गठबन्धन संस्कृति विपरित भएको भन्दै असहमति भने जनाएको छ । 

बैठकले मन्त्रिपरिषद पुनर्गठन र सहमति कार्यान्वयनबारे वार्ता गर्ने जिम्मा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठलाई दिएको छ ।

समाजवादी पार्टीको पदाधिकारी वैठकको निर्णय

१. प्रधानमन्त्रीद्वारा सत्तासाझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी हालै भएको मन्त्रीमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले यसप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौं ।

२. असहमत भएका विषय र हाम्रो पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी ने.क.पा. सँग वार्ता गर्न वार्ता समिति निर्माण गरेका छौं ।

३. वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहनुभएको जानकारी गराउँदछौं ।

प्रकाशित मिति: २२:३९ बजे, शनिबार, मंसिर ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्