Kathmandu Press

आईएमइ ग्रुपको ‘द लेकसाइड रिट्रिट’ ले कर्पोरेट पाहुनाको  लागि सुबिधा थप्दै

काठमाडौं, साउन १८ : आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सन्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ...
आईएमइ ग्रुपको ‘द लेकसाइड रिट्रिट’ ले कर्पोरेट पाहुनाको  लागि सुबिधा थप्दै

काठमाडौं, साउन १८ : आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सन्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप गरेको छ ।
 
सुबिधा सम्पन्न ४ वटा प्रिमियम कटेज सहित ४० वटा कोठा भएको रिसोर्टमा २०० जना क्षमताको सेमिनार हल, स्विमिङपुल बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायतका सुबिधा थपिएको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले बताए । 

पहिले नै स्विमिङपुल, स्पा लगायतका सुबिधा प्रदान गरिरहेको रिसोर्टमा कर्पोरेट क्षेत्रलाई प्राथमिकतामा राखि काम गरिएको र अन्य आवश्यक पर्ने सेवाहरू पनि थप्ने क्रममा रहेको रिमालले बताए । 

हरियाली सहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्रकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी हुने बताइएको छ ।

आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले हस्पिट्यालिटी चेनको रुपमा नेपालका विभिन्न ठाउँमा छिट्टै नयाँ होटल तथा रिसोर्टहरु  सन्चालनको तयारीमा रहेको बताइएको छ ।

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्