Kathmandu Press

बाढीले श्रीमतीको शव फेला, श्रीमान् बेपत्ता

चन्द्रौटा, साउन १७ : अविरल वर्षाले आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ। श्रीमान्को अवस्था अज्ञात रहेकाले खोजी कार्य भइरहेको...
बाढीले श्रीमतीको शव फेला, श्रीमान् बेपत्ता

चन्द्रौटा, साउन १७ : अविरल वर्षाले आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ। श्रीमान्को अवस्था अज्ञात रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। कपिलवस्तुको कोइली खोलाले आज बिहान एक दम्पतीलाई बगाउँदा उनीहरु बेपत्ता भएका थिए। 

वाणगङ्गा नगरपालिका– ७ बस्ने ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीया श्रीमती राममाया सुनालाई खोला तर्ने क्रममा बगाएको थियो । उनीहरुसँगै बगेका १३ वर्षीय छोरा नीरज सुनारलाई भने स्थानीयवासीले उद्धार गरेका थिए । 

बेपत्ता राममायाको शव एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए। 

प्रकाशित मिति: १६:०१ बजे, मंगलबार, साउन १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्