Kathmandu Press

फेमिसाइडः निकटस्थबाटै महिला र बालवालिका जोखिममा

संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार सन् २०१७ मा विश्वभर दैनिक एक सय ३७ जना महिला र बालिकालाई उनीहरूकै परिवारका सदस्य वा “पार्टनर” ले हत्या गरेका छन्। यसल....

फेमिसाइडः निकटस्थबाटै महिला र बालवालिका जोखिममा

संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार सन् २०१७ मा विश्वभर दैनिक एक सय ३७ जना महिला र बालिकालाई उनीहरूकै परिवारका सदस्य वा “पार्टनर” ले हत्या गरेका छन्। यसलाई आधार मान्ने हो भने ५० हजारभन्दा धेरै महिलाको ज्यान उनीहरू निकट व्यक्तिले नै लिएका छन्।

यसको पछाडी लैंङ्गिक असमानता र समाजलाई महिलालाई कमजोर र महत्वहिन ठान्ने सोंच रहेको बताइएको छ। “फेमिसाइड” पनि भनिने महिला हत्याको विश्वव्यापी अवस्थाबारे केहि जानकारी:

संयुक्त राष्ट्र संघको लागु औषध तथा अपराधसम्बन्धी कार्यालय (युएनओडिसि) को सन् २०१८ को प्रतिवेदन अनुसार सन् २०१७ मा विश्वभर करिब ८७ हजार महिला र बालबालिकाको हत्या भएको छ। तीमध्ये ५८ प्रतिशतको ज्यान नजिकका व्यक्तिले नै लिएका छन्। ३० हजारलाई उनीहरूको पति वा प्रेमी र २० हजारको हत्या उनीहरूको परिवारका सदस्यले नै गरेका छन्।

Hardik ivf

महिलाको तुलनामा पुरूषको हत्या चार गुणा बढि हुने सम्भावना भएको प्रतिवेदनमा उल्लेख छ। सय जनाको हत्यामा ८० पीडित पुरूष नै हुन्छन्। उनीहरूको हत्या अपरिचित व्यक्तिबाट धेरै हुन्छ। प्रत्येक पाँचमध्ये एक जना पुरूषको हत्या जीवनसाथीले नै गर्छन् भने ८२ प्रतिशत महिलाको हत्या जीवनसाथीले गरेको प्रतिवेदनले खुलाएको छ।

सबैभन्दा धेरै अफ्रिकी महिला पति वा पत्नी वा परिवारका सदस्यबाट हुने हत्याको जोखिममा छन्। त्यहाँ करिब ७० प्रतिशत (१९ हजार हत्या) महिलाको हत्या हुन्छ। युएनओडिसिले जनाएअनुसार युरोपमा सबैभन्दा कम अर्थात ३८ प्रतिशत (तीन हजार) महिलाको हत्या उनीहरूको जीवनसाथी वा परिवारका सदस्यले गरेका छन्।

एसियाको अवस्थामा भने गम्भीर छ। सन् २०१७ मा २० हजार महिलाले जीवनसाथी वा परिवारकै हातबाट ज्यान गुमाएका थिए। लैङ्गिक हिंसा यसको मुख्य कारण हो।

विश्व स्वास्थ्य संगठनको एउटा प्रतिवेदनअनुसार प्रेम सम्बन्धमा भएका करिब एक तिहाइ महिलाले उनीहरूको पार्टनर वा नन पार्टनरबाट शारीरिक वा यौन हिंसा भोगेका छन्।

“धेरै महिलाका हत्यारा उनीहरूको वर्तमान र पूर्व प्रेमी छन्। तर बुवा, दाजुभाइ, आमा, दिदीबहिनी र परिवारका अन्य सदस्य पनि फेमिसाइडका दोषी छन्। महिलाको भूमिका र हैसियतकै कारण उनीहरूको हत्या भएको हो,” युएनओडिसिले जनाएको छ। प्रतिवेदनमा ती हत्याहरू एकाएक नभएर पहिले नै भएका लैङ्गिक हिंसाका कारण भएको उल्लेख गरिएको छ। इर्ष्या र आफूलाई छाड्ने डर पनि हत्याका कारण हुन्।

विश्व स्वास्थ्य संगठनले पनि महिला र पुरूषबीच भएको असमान शक्ति र द्वन्द्व समाधान गर्न हिंसाको प्रयोग गर्ने व्यवहार पनि कारण औंल्याएको छ।

गरिबी, युद्ध र मानवीय संकटजस्ता आपतकालीन अवस्थामा महिला अझ जोखिममा हुन्छन्। नियोजित रूपमै महिलाको हत्या हुने देशहरूको संयुक्त राष्ट्र संघले एउटा सूचि नै बनाएको छ। सूचिमा धेरै जसो ल्याटिन अमेरिकी र अफ्रिकी देश समावेश छन्। त्यहाँ आपराधिक गिरोह, जातिय युद्ध र बेरोजगारी लगायतका समस्या व्यापक छ।

सूचिको शीर्ष स्थानमा एल साल्भाडोर छ। सन् २०१७ मा त्यहाँ प्रत्येक एक लाख महिलामध्ये झण्डै १४ जना को हत्या भएको थियो। सोहि वर्ष जमैकामा प्रति लाख ११ जना महिलाको हत्यो भयो। सेन्ट्रल अफ्रिकन रिपब्लिक सूचिको तेश्रो स्थानमा छ। सन् २०१६ को तथ्याङ्क अनुसार त्यहाँ प्रति लाख १०।४ जनाको हत्या भयो। त्यसैगरि सन् २०११ मा दक्षिण अफ्रिकामा प्रति लाख ९।१ जना महिलाको हत्या भएको थियो।

वास्तविक तथ्याङ्क अझै बढि हुनसक्छ। अफ्रिका र एसियाका कतिपय देशमा राष्ट्रिय तथ्याङ्क प्रणाली नै छैन। कंगो र बुरून्डीदेखि कोसोभो र इराकसम्म, थुप्रै युद्धमा महिलालाई लक्षीत गरिएको छ। उनीहरूलाई युद्धको हतियारका रूपमा बलात्कार र कुटपिट गर्ने, यौन दासी बनाउनुका साथै हत्या पनि गरिएको छ।

विश्वभर प्रत्येक वर्ष हुने पाँच हजार “अनर किलिङ”मध्ये झण्डै एक हजार भारतमै हुने गरेको संयुक्त राष्ट्र संघले जनाएको छ। कुनै महिला वा बालिका धार्मिक वा परम्परागत मुल्यमान्यताबाट विमुख भएको भन्दै परिवारकै सदस्यहरूले उनीहरूको हत्या गर्छन्। प्रायस् भिन्न जातको पुरूषसँग प्रेम सम्बन्ध वा विवाहपूर्व यौन सम्पर्क राखेकै आधारमा उनीहरूको हत्या हुन्छ।

गोली हानेर वा ढुंगाले हिर्काएर, जिउँदै जलाएर, घाँटी निमोठेर, छुरी प्रहार गरेर महिलाको हत्या गरिन्छ। कतिपय देशमा त दोषीलाई कानूनबाटै उन्मुक्ति पनि दिइन्छ। पाकिस्तानमा प्रत्येक वर्ष यस्ता सयौं घटना हुन्छन्। अप्रिल २०११ देखि अगष्ट २०१३ सम्म अफ्गानिस्तानमा “अनर किलिङ” का दुई सय ४३ ओटा घटना भए।

स्पेनले केहि महिला हत्या रोक्न केहि प्रगति गरेको छ। सन् २००४ मा स्पेनले लैङ्गिक हिंसा विरूद्ध एउटा कानून ल्याएको छ। करिब सय ओटा विशेष अदालत र प्रहरी एकाइ पनि स्थापना गरिएका छन्। पोहोर साल स्पेनमा ५० जना महिलाको हत्या भयो। सन् २००३ मा त्यहाँ ७१ जनाको हत्या भएको थियो। अभियन्ताहरू भने महिला हत्याका घटनाहरू अझै धेरै हुनसक्ने बताउँछन्। महिला विरूद्ध हुने हिंसाका घटना सामसुम पार्न न्यायाधिशहरू पनि संलग्न रहेको उनीहरूको आरोप छ।

गत महिना एउटा अदालतको फैसलाप्रति मानिसहरूले आक्रोश पोखे। पाँच जना पुरूषले एक किशोरीको सामुहिक बलात्कार गरेका थिए। तर दोषीलाई सजाय कम सुनाइयो। पीडित किशोरीले बलात्कारको विरोध नगरेको अदालतको ठहर छ।

क्यानडाका दशौटै प्रान्तमा महिला हिंसा न्युनिकरण गर्ने कार्ययोजना छ। सन् २००९ यता वैवाहिक सम्बन्धमा हुने हिंसा घटेको छ।

“प्रहरीलाई दिइने प्रशिक्षणले निकै फाइदा पुर्‍याएको छ,” फेडेरेसन अफ होम्स अफ रिफ्युज फर वुमेनका म्यानोन मोनास्टेसले बताए।

तर तथ्याङ्क अनुसार क्यानडमा प्रत्येकव ६ दिनमा एक जना महिलालाई उनकै प्रेमीले हत्या गर्छन्। आदिवासी क्यानेडालीहरू ६ गुणा बढि जोखिममा छन्।

प्रकाशित मिति: ०७:४७ बजे, आइतबार, मंसिर ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्