Kathmandu Press

अनियमित विद्युत् कटौतीले हैरानी

बैतडी, साउन १७ : अनियमित विद्युत् कटौतीले बैतडीका सेवाग्राहीलाई हैरानी भएको छ। पछिल्लो समय यहाँ विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राहीलाई...
अनियमित विद्युत् कटौतीले हैरानी

बैतडी, साउन १७ : अनियमित विद्युत् कटौतीले बैतडीका सेवाग्राहीलाई हैरानी भएको छ। पछिल्लो समय यहाँ विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राहीलाई हैरानी भएको हो । विद्युत्सेवा अनियमितताले हैरानीका साथै व्यापार व्यवसायमा समेत असर परेको व्यापारीले बताएका छन्। गएको एक महिनादेखि विद्युत् सेवा अनियमित हुँदा हजारौँ उपभोक्ता मारमा परेका छन्। 

विद्युत् सेवा अनियमत हुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका–७ का दीपेन्द्र कार्कीले बताए । बेला बेलामा आउने जाने हुने गरेको छ उनले भने,  ‘यसले गर्दा उपकरण बिग्रने गरेका छन्।’ विद्युत् सेवा अनियमित हुँदा मिल सञ्चालक, कम्प्युटर, इलेक्ट्रोनिक पसललाई, विद्युत्बाट सञ्चालन हुने ग्रील उद्योग लगायतलाई समस्या भएको छ।

Hardik ivf

बैतडीका व्यवसायी र सञ्चारमाध्यमका सञ्चालकले  बेलाबेलामा विद्युत् आउने जाने गर्नाले विद्युत्बाट चल्ने धेरै सामग्री बिग्रीने गरेको बताएका छन्।

विद्युत् सेवा अनियमित हुँदा होटेल व्यवसाय, स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ।  श्रीकोट स्वास्थ्य चौकीका ईन्चार्ज  वीर सिंह भाटका अनुसार भ्याक्सिन २४ सै घण्टा राख्न चिसोमा राख्नुपर्ने भए पनि अनियमित विद्युत् कटौतीले गर्दा खोप सेवा प्रभावित हुने गरेको छ। यता विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले वर्षा, हावाहुरी र चट्याङका कारण ३३ केभी लाइनमा समस्या आएकाले विद्युत् सेवा अनियमित भएको जनाएको छ। 

पुरानो लाइन भएका कारण वर्षातको समयमा समस्या आइरहेको र  विद्युत् सेवा नियमित गर्नका लागि प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधवप्रसाद लेखकले बताए। वर्षात्का कारण तार चुँडिने, हावाहुरीले पोल ढल्ने लगायतका समस्या आउँदा विद्युत् सेवा अनियमित हुने गरेको छ।  

प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्