Kathmandu Press

अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

सिन्धुपाल्चोक, साउन १७ : अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको...
अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा
Hardik ivf

सिन्धुपाल्चोक, साउन १७ : अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो। 

अवरुद्ध  सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। 

सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने–आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको थियो । अहिले यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।  सडक विभागसँग समन्वय गरी यातायात सञ्चालन गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए।  

प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्