Kathmandu Press

कोरियामा एकैदिन एकलाख एघार हजार बढीमा कोरोना संक्रमण

कोरियामा एकैदिन एकलाख एघार हजार बढीमा कोरोना संक्रमण

सउल, साउन १७ : दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। 

यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्। 

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण धेरै बढेको पाइएको छ। अघिल्लो दिन ४४ हजार छ सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो। 

नयाँ केसहरूमध्ये, पाँच सय ६८ जना आयातीत रहेको जनाइएको छ। यद्यपि ४५ हजार तीन सय ५ जना कोरोनामुक्त भएका छन्।
  
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ। यस अवधिमा थप १६ जनाको मृत्यु भएपछि कोरोना  शुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार ८४ पुगेको छ । कूल मृत्युदर ०।१३ प्रतिशत रहेको छ।  

प्रकाशित मिति: १४:४१ बजे, मंगलबार, साउन १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्