Kathmandu Press

अमेरिकी हवाई कारवाहीमा अलकायदा नेता जवाहिरी मारिए

अमेरिकी हवाई कारवाहीमा अलकायदा नेता जवाहिरी मारिए

काबुल, साउन १७ : आतङ्कवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् ।अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका अमेरिकाका विभिन्न सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । 

ती मिडियाका अनुुसार सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट ती अल कायदाका नेता मारिएका हुन् । यस विषयमा ह्वाइट हाउसले सुरुमै केही सूचना दिएको छैन । 

जवाहिरी अल कायदा सङ्ठनका नेता थिए । उनी सन् २०११ मा सो संगठनका नेता छानिएका थिए ।अल कायदाका तत्कालीन नेता ओसामा बिन लादेन सन् २०११ मा मारिएका थिए । अमेरिकी सेनाको कारबाहीमा लादेन मारिएपछि त्यसको दुई महिना पछि सो संगठनको नेता जवाहिरी चयन भएका थिए। 
 
जवाहिरी मारिएको समाचार अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् 

राष्ट्रपति बाइडेनले सोमबार राति दिएको एक सन्देशमा अल कायदाका नेता जवाहिरीको अमेरिकी सेनाको कारबाहीमा मारिएको बताएका हुन्। उनले अमेरिकाको प्रति आतङ्कवादी कारबाही अन्तर्गत अमेरिकाको कारबाहीमा आतङ्कवादी सङ्गठनका नेता जवाहिरी मारिएको पुष्टि गरेका हुन्।  

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, साउन १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्