शान्ति र विश्वास प्रवर्द्धन गर्न पछि पर्न हुँदैन : गृहमन्त्री थापा
काठमाडाैं, मंसिर ७ : गृहमन्त्री रामबहादुर थापाले बुद्धका शिक्षा र सदाचारका पाठ वर्तमान युगमा पनि उत्तिकै सामयिक भएकाले समाजमा शान्ति र विश्....

काठमाडाैं, मंसिर ७ : गृहमन्त्री रामबहादुर थापाले बुद्धका शिक्षा र सदाचारका पाठ वर्तमान युगमा पनि उत्तिकै सामयिक भएकाले समाजमा शान्ति र विश्वास प्रवद्र्धन गर्न पछि पर्न नहुने बताएका छन्।
अन्तर्राष्ट्रिय बौद्ध एकता सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले आफ्नो देश र जनताको सुख शान्तिका निम्ति मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले द्वन्द्व र युद्धको विभिषिकाबाट जोगाउने बुद्ध मन्त्रप्रति सबैले आत्मबोध गरी बौद्ध शिक्षालाई आत्मसात गरेमात्र वास्तविक शान्ति र आत्मसन्तुष्टि प्राप्त हुने बताए।
उनले समाज सुधार, एकता र विश्व शान्तिका निम्ति बुद्ध वाणी प्रेरक रहेको बताए। दुई दिने उक्त सम्मेलनमा आयोजक समितिका संयोजक वसुन्धरा श्रेष्ठले बर्सेनी बौद्ध एकता सम्मेलन आयोजना गरिने जानकारी दिए। सम्मेलनमा श्रीलङ्काबाट १५, थाइल्यान्डबाट २०, चीनबाट १२ र भारतबाट ४० गरी ८५ जना विदेशी र ५० जना स्वदेशी भिक्षुभिक्षुणी सहभागी छन्। रासस











