Kathmandu Press

मेलम्ची–१० मा सडक अवरुद्ध

सिन्धुपाल्चोक, साउन १७ : अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ । पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्घ भएको इलाका...
मेलम्ची–१० मा सडक अवरुद्ध
फाइल तस्बिर

सिन्धुपाल्चोक, साउन १७ : अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ । पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्घ भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

वर्षा अहिले पनि भइरहेका कारण पहिरो पन्छाउन केही समस्या भए पनि जेसिबी पठाइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए। पहिरो गएको खबर पाउनेबित्तिकै मेसिन पठाइएको र अबको केही समयपछि यातायात सञ्चालन हुने प्रमुख उनको भनाइ छ। 

पहिरो गएपछि पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका सहित मेलम्ची नगरपालिकाको वडा नं ९ र १० मा आवातजावतमा समस्या भएको छ। 

प्रकाशित मिति: १०:१० बजे, मंगलबार, साउन १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्