Kathmandu Press

घरघरमै पुगेर सामाजिक भत्ता वितरण

घरघरमै पुगेर सामाजिक भत्ता वितरण

स्याङ्जा, साउन १७ : स्याङ्जाको भिरकोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।

नगरवासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै नगरपालिकाले घरमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो। नगरकार्यपालिकाको यही असार १६ गतेको पहिलो बैठकले घरमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेको मेयर गोविन्दकुमार कर्माचार्यले बताए।

Hardik ivf

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकालाई भत्ता उपलब्ध गराइएको उनले जानकारी दिए। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई गाउँ–गाउँबाट बजारमा रहेको बैंकसम्म आउन निकै समस्या भएकाले घर–घरमै लगेर भत्ता उपलब्ध गराइएको उनको भनाइ छ।

ग्रामीण भेगबाट बैंकसम्म पुग्नुपर्ने, बैंकमा पुगेर लाइन बस्नुपर्ने समस्या हट्नुका साथै गाडी भाडासमेत बचत भएको उनले बताए। अर्कातर्फ घरघरमै पुगेर नागरिकका कुरा, गुनासो, सुझाव प्रत्यक्ष सुन्न र कार्यान्वयनमा लैजानका लागि जनप्रतिनिधिलाई पनि सहज भएको उनले बताए।

भिरकोटमा भत्ताका लागि कूल तीन हजार नौ ९१ रहेका पञ्जीकरण शाखाका अपरेटर विजय गुरुङले जानकारी दिए। उनका अनुसार पछिल्लो तथ्याङ्कानुसार नगरपालिकाभित्र ७० वर्षमाथिका ज्येष्ठ नागरिक भत्ता पाउनेहरू एक हजार नौ ४०, ज्येष्ठ नागरिक (दलित) तीन सय १०, ज्येष्ठ नागरिक एकल महिला पाँच सय ४०, एकल महिला पाँच सय ३३, पूर्ण अपाङ्गता एक सय चार, अतिअशक्त एक सय ४९ र दलित बालबालिका चार सय १५ छन्।

प्रकाशित मिति: ०८:३५ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्