Kathmandu Press

नागपञ्चमीका लागि कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

वीरेन्द्रनगर, साउन १७ : कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का अवसरमा सार्वजनिक बिदा दिइएको...
नागपञ्चमीका लागि कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

वीरेन्द्रनगर, साउन १७ : कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थामा बिदा लागू हुने बताए। प्रदेश मन्त्रिपरिषद्को २०७८ चैत २९ गते बसेको बैठकले प्रदेश सरकारले २०७९ सालमा दिने बिदासम्बन्धी निर्णय गरेको थियो।

प्रदेश सरकारले नागपञ्चमीका साथै प्रदेश स्थापना तथा शहीद दिवस भदौ ४ गते, असार १५ धान दिवस (जुम्लाबाहेक), जुम्लामा चैत १२ गते धान दिवस, साउन १ गते देउडा दिवस, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी र कात्तिक ३ गते असोज शुक्ल पूर्णिमा, माघ १ गते चैते दशैँको अवसरमा बिदा दिँदै आएको छ।

प्रकाशित मिति: ०८:०७ बजे, मंगलबार, साउन १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्