Kathmandu Press

वरिष्ठ पत्रकार गुरूवाचार्यको निधनले नेफेज स्तब्ध 

काठमाडौं, मंसिर ७ : नेपाल वातावरण पत्रकार समूहले वरिष्ठ पत्रकार विनय गुरुवाचार्यको निधनप्रति दुःख व्यक्त गरेको छ। 

समूहका अध्....

वरिष्ठ पत्रकार गुरूवाचार्यको निधनले नेफेज स्तब्ध 

काठमाडौं, मंसिर ७ : नेपाल वातावरण पत्रकार समूहले वरिष्ठ पत्रकार विनय गुरुवाचार्यको निधनप्रति दुःख व्यक्त गरेको छ। 

समूहका अध्यक्ष कसमस विश्वकर्माले शनिबार विज्ञप्ति जारी गरी नेफेजका पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ पत्रकार गुरुवाचार्यको निधनको खबरले समूह स्तब्ध भएको उल्लेख गरेका छन्।

‘वातावरण पत्रकारहरुका पेरणाका स्रोत पूर्वअध्यक्ष गुरुवाचार्यको निधनले समूहले  अभिभावक गुमाएको महसुस गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।  लामो समयदेखि पार्किन्सन्स रोगसँग जुध्दै आएका गुरुवाचार्यको शुक्रबार थापाथलीस्थित निवासमा निधन भएको थियो। उनको अन्तिम संस्कार शनिबार बिहान पशुपति आर्यघाटमा गरिएको थियो।

गुरुवाचार्यले नेपाल वातावरण पत्रकार समूहमा सन् १९९१ देखि १९९३ सम्म दुई कार्यकाल अध्यक्षका रुपमा काम गरेका थिए। धेरै युवा पत्रकारहरुलाई वातावरणको मुद्दामा आकर्षिक गरेका गुरुवाचार्यले जनमानसमा वातावरणीय सचेतना बढाउन कोरेको योजनालाई दृढताका साथ आत्मसात गरेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता नेफेजले जनाएको छ।

पूर्व अध्यक्ष गुरुवाचार्यको निधनमा शोक प्रकट गर्ने क्रममा नेफेजले आइतबार बिहान १० बजेबाट तीन दिनका लागि समूह सचिवालय भनिमन्डलमा शोक पुस्तिका राख्नेछ।
 

प्रकाशित मिति: १५:५४ बजे, शनिबार, मंसिर ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्