Kathmandu Press

बेसीँशहर–चामे सडकखण्ड अवरुद्ध

काठमाडौं, साउन १६ : निरन्तरको वर्षासँगै आइतबार रातिदेखि आएको बाढीपहिराले सडक बगाएपछि हिमाली जिल्ला मनाङको एक मात्र सडक अवरुद्ध भएको छ । पहिराले...
बेसीँशहर–चामे सडकखण्ड अवरुद्ध

काठमाडौं, साउन १६ : निरन्तरको वर्षासँगै आइतबार रातिदेखि आएको बाढीपहिराले सडक बगाएपछि हिमाली जिल्ला मनाङको एक मात्र सडक अवरुद्ध भएको छ । पहिराले सडक बगाएपछि मनाङ प्रवेश गर्ने मेरुदण्डको बेसीँशहर–चामे सडक अवरुद्ध भएको छ । 

बाढीपहिराले लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारस्थित घोप्टेभिर र मनाङको कोतोमा क्षति भएपछि बेसीँशहर–चामे सडक अवरुद्ध भएको डुम्रे–बेसीँशहर–चामे सडक योजना कार्यालयका सवइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए ।

Hardik ivf

उनका अनुसार मस्र्याङ्दीको राम बजार, घोप्टेभिर र कोतोमा पहिराले सडक बगाएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

सडक बगाएपछि चामेको कोतोमा मानिस वारपार गर्न समस्या भएको उनले बताए । खोल्सीको बाढीले कोतोमा २० मिटरजति सडक बगाएको अधिकारीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सदरमुकाम चामे नजिकै खोल्सीमा आएको बाढीले कोतोको सडक बगाएको बताएका हुन् ।

सडक खुलाउनका लागि काम भइरहेको छ । लगातार वर्षा भइरहेकाले सचेत रहन उनले जिल्लावासीलाई आग्रह गरे। 

प्रकाशित मिति: १८:४२ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्