Kathmandu Press

हेटौँडा–काठमाडौँ जोड्ने भैँसे–भीमफेदी सडकखण्ड अवरुद्ध

काठमाडाैं, साउन १६ : अविरल वर्षाका कारण पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ।आज दिउँसो भीमफेदी गाउँपालिका–२ मा...
हेटौँडा–काठमाडौँ जोड्ने भैँसे–भीमफेदी सडकखण्ड अवरुद्ध

काठमाडाैं, साउन १६ : अविरल वर्षाका कारण पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ।

आज दिउँसो भीमफेदी गाउँपालिका–२ मा माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सो सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौँबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने सवारीसाधन रोकिएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए। 

उनका अनुसार हेटौँडातर्फ आउने सवारीसाधन भीमफेदीमा र विपरीत दिशाबाट जाने सवारीसाधन भैँसेमा रोकिएका छन् । उक्त सडकखण्डमा खसेको पहिरो पन्छाउन शुरु गरिएको छ । जिल्लाको त्रिभुवन राजपथ, कान्तिलोकपथमा सबै सावारीसाधन सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

प्रकाशित मिति: १७:४४ बजे, सोमबार, साउन १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्