Kathmandu Press

अर्थमन्त्री शर्माको राजीनामा माग्दै प्रदर्शन गर्ने उत्रिएकाहरू पक्राउ

अर्थमन्त्री शर्माको राजीनामा माग्दै प्रदर्शन गर्ने उत्रिएकाहरू पक्राउ

काठमाडाैं, साउन १६ : अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने युवाहरुको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाउदै संसद भवन अगाडी प्रदर्शन गर्ने युथ कांग्रेस आवद्ध युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Hardik ivf

प्रदर्शनमा सहभागी युवाहरुले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानविन समिति एकपक्षिय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए। नेविसंघको झण्डासहित प्रदर्शनमा उत्रेका युवाहरु संसद भवनको १ नंवर गेट अगाडी पुग्ने बितिकै प्रहरीले नियन्त्रणमा लिएको थियो। 

प्रकाशित मिति: १७:४० बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्