नेप्से परिसूचकमा झिनो अंकको वृद्धि
काठमाडाै., साउन १६ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक...-1623555512882.jpg)
काठमाडाै., साउन १६ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अंकले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अंकले उकालो लागेर ४२१.१४ मा पुगेको छ। नेप्सेमा झिनो अंकको वृद्धि भए पनि कारोबार रकम भने उकालो लागेको छ।
कूल २१७ कम्पनीको एक करोड पाँच लाख १८ हजार ७१२ कित्ता सेयर रु चार अर्ब ६७ करोड सात लाख ९८ हजार ७५६ मूल्यमा खरिद बिक्री भए। सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ३६ अर्ब ११ करोड सात लाख २० हजार बराबर रहेको छ।
उतारचढावपूर्ण कारोबारकाबीचमा कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको सेयर मूल्यमा भने गिरावट देखियो। बैंकिङ ५.७, व्यापार ७६.२२, जलविद्युत् १८.३७, उत्पादन १०९.१८ र लगानी ०.५३ अंकले उकालो लाग्यो।
यस्तै, होटल ६०.८७, विकास बैंक ५९.४२, वित्त १.९९, निर्जीवन बीमा १९.७७, अन्य १०.८५, लघुवित्त ५८.६८, जीवन बीमा १९.५२ र सामूहिक लगानी कोष ०.०६ अंकले उकालो लाग्यो। नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको रु ३८ करोड ३१ लाख ११ हजार बराबरको कारोबार भयो।
हिमालयन डिस्टिलरी रु १६ करोड २७ लाख ७३ हजार ५३४, एचआइडिसिएल रु १३ करोड ७६ लाख ७० जार ७०४, अपि पावर कम्पनी रु १२ करोड ९१ लाख ८९ हजार ५६४ र अरुण भ्याली हाइड्रोपावर रु १२ करोड ८९ लाख ८६ हजार ६१८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।
नेप्सेका अनुसार बुटवल पावर कम्पनी ६.९५, सिटिजन म्युचुअल फन्ड दोस्रो ६.४५, गुडबिल फाइनान्स ६.२३, दोर्दी खोला जलविद्युत् कम्पनी ५.५७ र एचआइडिसिएलका लगानीकर्ताले ५.०७ प्रतिशतले कमाए। स्वाभिमान लघुवित्त ५.२१, स्ट्यान्डर्ड चार्टर्ड बैंक ४.७१, सूर्योदय बोमी लघुवित्त ४.०९, कृषि विकास बैंकको ऋणपत्र ३.९६ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाए।
-1786430634.png)










