अफगानिस्तानलाई मानवीय सहायता
काबुल, साउन १६ : अफगानिस्तानले चार करोड अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको छ। प्राप्त गरेको सो रकम देशको एक वाणिज्य बैंकमा जम्मा...
काबुल, साउन १६ : अफगानिस्तानले चार करोड अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको छ। प्राप्त गरेको सो रकम देशको एक वाणिज्य बैंकमा जम्मा गरिएको केन्द्रीय बैंकले सोमबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।
अफगानिस्तानलाई विभिन्न देश तथा संस्थाबाट प्राप्त मानवीय सहायता शृंखलाको एक भागको रूपमा चार करोड अमेरिकी डलर नगद अफगान राजधानी काबुल आइपुगेको र अफगानिस्तान इन्टरनेशनल बैंकमा हस्तान्तरण गरिएको ‘द अफगानिस्तान बैंक’ (डिबिए) ले जानकारी दिएको छ ।
अफगानिस्तानले सहयोग उपलब्ध गराउँदै आएका अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिँदै डीबीएले नगद सहयोग पारदर्शी रूपमा खर्च गरिने बताएको छ ।
युद्धग्रस्त देशलाई सम्भावित आर्थिक सङ्कटबाट रोक्न तथा अत्यावश्यक खाद्यान्न लगायतको सहयोगका लागि विदेशी दाताहरुले सहयोग गर्दै आएको बताइएको छ।
प्रकाशित मिति: १६:३० बजे, सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












