Kathmandu Press

श्रीलङ्कामा इन्धन कारोबारमा क्युआर कोड लागू 

श्रीलङ्कामा इन्धन कारोबारमा क्युआर कोड लागू 

कोलम्बो, साउन १६ : श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ। इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएर क्युआर कोड प्राणाली लागू गरिएको हो। 

क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरुले जनाएका छन्।  

देशभरीका सबै पेट्रोल पम्पहरुमा यो व्यवस्था गरिएको र उपभोक्तालाई पनि यस बारेमा जानकारी गराइएको उर्जा मन्त्री कन्चना विजेसेकेराले बताए।  

उनले इन्धन लिनका लागि पेट्रोल पम्पहरुमा भिडभाड नगर्न पनि उपभोक्तहरुलाई अनुरोध गरेका छन्। सरकारले उपभोक्तको चापका आधारमा हरेक पेट्रोल पम्पलाई इन्धनको कोटा निर्धाण गरेर कोटा अनुसारको इन्धन उपलब्ध गराएको छ। 

प्रकाशित मिति: १६:२७ बजे, सोमबार, साउन १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्