Kathmandu Press

कम्बोडियाका गाउँमा पनि ८० प्रतिशतलाई पनि शुद्ध पानी उपलब्ध

कम्बोडिया, साउन १६ : कम्बोडियाका ग्रामिण क्षेत्रमा बस्ने ८० प्रतिशत जनतालाई पनि शुद्ध खानेपानीको व्यवस्था रहेको छ। यसअघि पाँच बर्ष पहिले भने ७० प्रतिशतलाई...
कम्बोडियाका गाउँमा पनि ८० प्रतिशतलाई पनि शुद्ध पानी उपलब्ध

कम्बोडिया, साउन १६ : कम्बोडियाका ग्रामिण क्षेत्रमा बस्ने ८० प्रतिशत जनतालाई पनि शुद्ध खानेपानीको व्यवस्था रहेको छ। यसअघि पाँच बर्ष पहिले भने ७० प्रतिशतलाई यस्तो सुविधा रहेकोमा अहिले १० प्रतिशत बढेर ८० प्रतिशत भएको हो। 

कम्बोडियोको ग्रामिण विकास मन्त्रालयका सचिव चुर्ण थेराभाटले २०० ओटा पानी वितरण प्रणाली निर्माण गरिएको जानकारी दिए। 

ग्रामिण क्षेत्रमा चार लाख ३३ हजार १४ ओटा शौचालय र ११ हजार १९८ ओटा हात धुने ठाउँ निर्माण गरिएको बताए। यी ठाउँहरु विषेश गरी सार्वजनिक विद्यालयमा बनाइएको पनि उनले बताए। 

पत्रकार सम्मेलनमा सचिव थेराभाटले भने, ‘सन् २०२५ सम्ममा हामीले ग्रामिण क्षेत्रका सबैलाई शुद्ध पिउने पानीको व्यवस्था गर्ने लक्ष्य राखिएको छ, त्यस तर्फ काम भइरहेको छ।ँ चिनियाँ सहयोगमा ग्रामिण क्षेत्रमा शुद्ध खानेपानी पु¥याउने परियोजना सन् २०१७ को अन्त्यदेखि सुरु भएको हो। 

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, साउन १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्