सानो कामबाटै मुलुकमा ठूलो परिवर्तन गर्न सकिन्छ : पूर्वप्रधानमन्त्री चन्द
भक्तपुर, मंसिर ७ : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देशमा साना कामबाट पनि ठूलो परिवर्तन गर्न सकिने बताएका छन्।
हनुमन्ते ....
भक्तपुर, मंसिर ७ : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देशमा साना कामबाट पनि ठूलो परिवर्तन गर्न सकिने बताएका छन्।
हनुमन्ते नदी सरसफाइ अभियानको शनिबार मनोहरा र हनुमन्तेको सङ्गमस्थल हनुमान मन्दिरको अगाडिबाट नदीको सफाइ कार्यक्रमको शुभारम्भ गर्दै उनले हनुमन्ते सफाइ अभियान हेर्दा सानो भएपछि यो नियमित र ठूलो परिवर्तनको काम भएकाले यसको अभियन्ताहरु सम्मानको पात्र भएको बताए।
उनले खोला र नदीहरुमा फोहर गर्नेहरुलाई पनि अब रोक्नु पर्ने बताए। विश्वमै वातावरण प्रदूषण भइरहेको बेलामा नेपालमा पनि यसको ठूलो चपेटामा परेको भन्दै राप्रपा संयुक्तका नेतासमेत रहेका चन्दले नेपालमा पनि वातावरण प्रदूषणबाट जोगाउन यस्ता काम प्रभावकारी हुने भएकाले सबैले साथ र सहयोग दिएर लाग्नुपर्ने बताए।
मध्यपुरथिमि नगरपालिका–९ र ललितपुर तथा काठमाडौँको सिमानामा रहेको हनुमन्ते नदीको भएको सफाइ अभियानमा सात टन फोहर सङ्कलन भएको हनुमन्ते अभियानका सफाइ दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिए।
अभियानमा वीर दल गणका नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली, विभिन्न सामाजिक सङ्घसंस्थाहरुका टोली एवं प्रतिनिधि, सञ्चारकर्मीलगायतका अभियन्ता सहभागगी थिए।






