Kathmandu Press

बढ्न थाले कोरोना सङ्क्रमित

सुर्खेत, साउन १६ : साउन लागेसँगै कर्णालीमा कोरोना भाइरसको सङ्क्रमणदर फेरि बढ्न थालेको छ। केही महिनायता स्थिर रहेको सङ्क्रमण विस्तारै बढ्दो क्रममा देखिएको प्रदेश...
बढ्न थाले कोरोना सङ्क्रमित

सुर्खेत, साउन १६ : साउन लागेसँगै कर्णालीमा कोरोना भाइरसको सङ्क्रमणदर फेरि बढ्न थालेको छ। केही महिनायता स्थिर रहेको सङ्क्रमण विस्तारै बढ्दो क्रममा देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार दैनिक  सरदर छ÷सात जनामा कोरोना सङ्क्रमण देखिएको छ। निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले साउनदेखि दिनप्रतिदिन कोरोना सङ्क्रमित भेटिएको बताए। 'साउनदेखि प्रत्येक दिनजसो सङ्क्रमित भेटिने गरेका छन्,' उनले भने, 'पछिल्लो १५ दिनको अवधिमा प्रदेशभर ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ। सबैभन्दा बढी सुर्खेतमा देखिने गरेको छ।' निर्देशनालयको तथ्याङ्कमा प्रदेशभर ६०भन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित छन्।

Hardik ivf

कर्णालीमा अहिले पुष्टि भइरहेकामध्ये अधिकांश सङ्क्रमित सुर्खेतका छन्। यहाँ दुई सातायताको विवरण हेर्दा यहाँ ३३ प्रतिशतभन्दा माथि सङ्क्रमणदर देखिएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमण बढेसँगै एन्टिजेन परीक्षणको दायरा विस्तार गर्न जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गरिएको छ।

सङ्क्रमणदर बढे पनि परीक्षणको दायरा भने बढाइएको छैन। पिसिआर परीक्षणका लागि सुर्खेत नै पुग्नुपर्ने बाध्यता छ। वीरेन्द्रनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै पिसिआर विधिबाट परीक्षण भइरहेको छ। 

एन्टिजेन विधिबाट अन्य स्वास्थ्य संस्थाहरूमा पनि परीक्षण गर्ने गरिएको निर्देशनालयले जनाएको छ। प्रदेश अस्पताल, जनस्वास्थ्य सेवा कार्यालय र वीरेन्द्रनगर नगरपालिकामा पनि एन्टिजेन विधिबाट नियमित कोरोना परीक्षण भइरहेको बताइएको छ।

आइतबारसम्म सुर्खेतमा ३६सक्रिय सङ्क्रमति पुगेका थिए। सङ्क्रमित सबै होम आइसोलेशनमा रहेका छन्। सङ्क्रमणको जोखिम बढ्दै गए पनि सोहीअनुसारको सतर्कता अपनाउनका लगि प्रेरित गर्न  भने सम्बन्धित निकायले ढिलाइ गरेका छन्। 

प्रकाशित मिति: १४:३७ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्