Kathmandu Press

हिमाली क्षेत्रमा हिमपातको सम्भावना 

काठमाडौं, मंसिर ७ : पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभरको मौसममा सामान्य बदली रहने भएको छ। हिमाली भू–भागका केही स्थानमा भने हल्कादेखि ....

हिमाली क्षेत्रमा हिमपातको सम्भावना 
फाइल

काठमाडौं, मंसिर ७ : पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभरको मौसममा सामान्य बदली रहने भएको छ। हिमाली भू–भागका केही स्थानमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आगामी दिन देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ। 

आइतबार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई मध्य र पहाडी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सोमबार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्वी र मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ। 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ। रासस

प्रकाशित मिति: १२:२९ बजे, शनिबार, मंसिर ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्