Kathmandu Press

तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी

सिन्धुपाल्चाेक, साउन १६ : अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका-४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ।सडक भासिएर यातायात अवरुद्ध...
तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी

सिन्धुपाल्चाेक, साउन १६ : अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका-४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ।

सडक भासिएर यातायात अवरुद्ध हुँदा  तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ। अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भएको छ।  

साना सवारी साधन निर्वाध रुपमा चलिरहेका छन् भने ठूला सवारी साधनका लागि बाटो खुलाउने काम सुरु भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

प्रकाशित मिति: १२:२४ बजे, सोमबार, साउन १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्