Kathmandu Press

दाेस्राेपटक कोरोनाबाट सङ्क्रमित बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाइ

वासिङटन, साउन १६ : छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका...
दाेस्राेपटक कोरोनाबाट सङ्क्रमित बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाइ

वासिङटन, साउन १६ : छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन्।

अमेरिकी राष्ट्रपति बाइडेनलाई नौ दिनपछि लगत्तै दोस्रो पटक कोभिड सङ्क्रमण देखा परेको चिकित्सकले पुष्टि गरेका थिए। त्यसलगत्तै उनी आइसोलेसनमा बसेका छन्।

Hardik ivf

जुलाई २१ मा कोरोना भाइरस सङ्क्रमण भएका उनी आइसोलेसनबाट निस्किएलगत्तै पुनः आइतबार उनी सङ्क्रमणमा परेका हुन्।

केही दिनअघि आइसोलेसनबाट निस्किएका उनलाई पुनः कोरोना भाइरस पोजेटिभ देखिएको ह्वाइट हाउसका चिकित्सक डा. केभिन ओ कनरले जानकारी दिएका हुन्।

डा. कनरका अनुसार राष्ट्रपति बाइडेनलाई पुनः आइसोलसनमा बस्नुभएको छ। तर उनको स्वास्थ्य अवस्था राम्रो रहेको डा. कनरले बताएका छन्।

उनले एक सूचनामा राष्ट्रपति बाइडेन पुनः आइसोलेसनमा बसेको छ र जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गरेकाे जनाइएकाे छ।

७९ वर्षीय राष्ट्रपति बाइडेनले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको तर कुनै पनि लक्षण नदेखिएको बताउनुभएको छ।

उनले ट्विट गर्दै आफू स्वस्थ रहेको तर अरुलाई कसैलाई असर नगरोस भनेर आफू जनस्वास्थ्यका मापदण्डहरु अपनाएर आइसोलेसनमा बसेको बताएका छन्।

प्रकाशित मिति: ११:५९ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्