Kathmandu Press

पहिराेले मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङ, साउन १६ : लगातारको वर्षासँगै गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण सोमबार बिहान हलेसी तुवाचुङ...
पहिराेले मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङ, साउन १६ : लगातारको वर्षासँगै गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो ।    

Hardik ivf

सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौं, उदयपुर, इटहरी, धरान, विराटनगर, काँकडभिट्टालगायत ठाउँमा जाने सवारी साधन बाटैमा रोकिएका छन् । सवारी साधन रोकिँदा यात्रु बीचबाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।

अवरुद्ध सडकको पहिरो पन्छाएर सञ्चालनमा ल्याउन हलेसी तुवाचुङ नगरपालिकाले स्काभेटर पठाएको वडा नं. ७ का वडाध्यक्ष कमल गिरीले जनाए।

वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुँदै आएको थियो।     

लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको यातायात व्यवसायीहरुले बताएका छन् । लगातारको वर्षासँगै झरेको पहिरोले हुर्लुङ–जालपा, साप्सु–पानधारेलगायत कच्ची सडक यसअघि नै बन्द भएका थिए ।

प्रकाशित मिति: ११:४२ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्