Kathmandu Press

जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ

सर्लाही, साउन १६ : जुवा खेलिरहेको अवस्थामा सर्लाहीमा सात जना पक्राउ परेका छन्।बागमती नगरपालिका ३ धरहरास्थित घिसिङ होटेलमा जुवा खेलिरहेका सात जनालार्य जिल्ला...
जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ

सर्लाही, साउन १६ : जुवा खेलिरहेको अवस्थामा सर्लाहीमा सात जना पक्राउ परेका छन्।

बागमती नगरपालिका ३ धरहरास्थित घिसिङ होटेलमा जुवा खेलिरहेका सात जनालार्य जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।

Hardik ivf

डीएसपी विजय यादवका अनुसार पक्राउ पर्नेमा बागमती ३ की ३० वर्षीया जमुना मोक्तान, ३५ वर्षीय सन्चरसिंह घिसिङ, ३२ वर्षीय प्रेमबहादुर बाइबा, हरिवन नगरपालिका ११ का ३४ वर्षीय मणीलाल बोम्जन, ४२ वर्षीय मनोजकुमार थिङ, ४५ वर्षीय जगत स्याङ्तान र ४१ वर्षीय पनोजकुमार थिङ छन्।

त्यस्तै, प्रहरीले जुवाको खालबाट दुई लाख १४ हजार नौ सय ७० रुपैयाँ, १६ थान कौडा, एक बुक तास र पाँच वटा मोबाइल पनि नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति: ०८:३३ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्