Kathmandu Press

मलामी जाँदा बेपत्ता भएका युवक मृत भेटिए

गुल्मी, साउन १६ : मलामी जाँदा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका युपक मृत भेटिएका छन्।गुल्मीको मुसिकोट नगरपालिका–४ आरुपाटाका तुलबहादुर अधिकारी मृत भेटिएका हुन्।...
मलामी जाँदा बेपत्ता भएका युवक मृत भेटिए

गुल्मी, साउन १६ : मलामी जाँदा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका युपक मृत भेटिएका छन्।

गुल्मीको मुसिकोट नगरपालिका–४ आरुपाटाका तुलबहादुर अधिकारी मृत भेटिएका हुन्। उनी शनिबार साँझ साढे ४ बजे मलामी जाने क्रममा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका थिए।

बेपत्ता भएको खबर पाउनासाथ स्थानीयका साथसाथै प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीको नेतृत्वको टोली खोजीमा जुटेको थियो।

गुल्मीदरबार गाउँपालिका–२ तल्लो घोरहास्थित बडिगाड खोलाको बीचमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवराज खरेलले बताए।

प्रकाशित मिति: ०६:५५ बजे, सोमबार, साउन १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्