Kathmandu Press

इरानमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो

तेहरान, साउन १५ : इरानमा एक हप्ताभन्दा बढी समयसम्म चलेको भारी वर्षाका कारण आएको बाढीले देशभरि मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ।बाढी पहिरोका...
इरानमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो

तेहरान, साउन १५ : इरानमा एक हप्ताभन्दा बढी समयसम्म चलेको भारी वर्षाका कारण आएको बाढीले देशभरि मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ।

बाढी पहिरोका कारण ३९ जना घाइते भएका छन् भने अन्य ४५ जना हराइरहेका विपद् व्यवस्थापन अधिकारीले बताएका छन्।
 
राष्ट्रिय प्रकोप व्यवस्थापन संगठन (एनडीएमओ)का उप–प्रमुख नेजाद जहानीले अर्ध–सरकारी तास्निम न्यूज एजेन्सीलाई बताए। देशका २४ प्रान्तका ६६१ क्षेत्रमा खोज, उद्धार र सहायता परिचालन भइरहेको छ।

Hardik ivf

उद्धारलाई बढाी प्रभाबित तेहरान प्रान्तको फिरुज्कुह काउन्टीमा केन्द्रित गरिएको र बाढीले अवरुद्ध गरेका सडकहरू पुनः खाल्ने काम गरिएको इरानी रेडक्रिसेन्ट सोसाइटीका अध्यक्ष पिर–होसिन कोलिभान्डले बताए।

उद्धार कार्य जारी रहेकाले घाइते तथा मृतकको संख्या थप बढ्ने सम्भावना रहेको जाहानीले बताए। बाढीका कारण इस्फाहान प्रान्तका १८ जिल्लामा अनुमानित २८ करोड १२ लाख अमेरिकी डलर बराबरको क्षति भएको बताइएको छ।

बाढीले चार हजार हेक्टर खेतीयोग्य जमिन, ५० हेक्टर क्षेत्रफलमा बगैँचा, ३०सामुहिक पशुपालन केन्द्र र १० माछा खेती फार्मलाई प्रभावित बनाएको इस्फाहान, प्रकोप व्यवस्थापन संगठनका महानिर्देशक मनसौर शिशफोरशले बताए।

उनले प्रदेशमा भीषण वर्षाका कारण ९८ किमी सडक र ६१ वटा भवन तथा पुलमा पनि क्षति पुगेको उल्लेख गरे। इरानमा भारी वर्षा सोमबारसम्म जारी रहने अनुमान गरिएको छ।

प्रकाशित मिति: २०:२९ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्