अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ११ घाइते
काबुल, साउन १५ : अफगानिस्तानमा आइतबार भएका दुई छुट्ताछुट्टै सडक दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन्।दक्षिणी जाबुल...
काबुल, साउन १५ : अफगानिस्तानमा आइतबार भएका दुई छुट्ताछुट्टै सडक दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन्।
दक्षिणी जाबुल प्रान्तको प्रान्तीय राजधानी कलात बाहिर नोराक क्षेत्रमा स्थानीय समय अनुसार बिहान ६:३० बजे कार र ट्रक ठोक्किदा भएको पहिलो दुर्घटनामा महिला र बालबालिकासहित चार जनाको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता जबिहुल्लाह जवाहरले जानकारी दिएका छन्।
त्यसैगरी उत्तरी बाघलान प्रान्तको साङ-ए-सोरख क्षेत्रमा स्थानीय समय अनुसार बिहान ९ बजे भएको यस्तै अर्को सडक दुर्घटनामा विपरीत दिशाबाट आउँदै गरेको अर्को कारसँग कार ठोक्किएर दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरी अधिकारी कारी नाजिर अबिदीले बताएका छन्।
प्रकाशित मिति: २०:१७ बजे, आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












