साहित्यकार लम्सालको अग्निसहित ५ पुस्तक पद्मश्री पुरस्कारका लागि छनोट
काठमाडौं, साउन १५ : पत्रकार एवं साहित्यकार नवराज लम्सालको अग्नि सहित पाँच पुस्तक पद्मश्री साहित्य पुरस्कारका लागि छनोट भएका छन् ।खेमलाल हरिकला लामिछाने...
काठमाडौं, साउन १५ : पत्रकार एवं साहित्यकार नवराज लम्सालको अग्नि सहित पाँच पुस्तक पद्मश्री साहित्य पुरस्कारका लागि छनोट भएका छन् ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पुरस्कारका लागि लम्सालको अग्नि सहित पाँच पुस्तक छनोट गरेको हो ।
समितिले नवराज लम्सालको अग्नि सहित केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको सङ्ग्राहलय छनोट गरेको हो ।
अब यी पाँच कृतिहरूमध्येबाट पुरस्कृत कृति चयन गरिने प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: १८:५८ बजे, आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












