Kathmandu Press

मर्स्याङ्दी, जलविद्युत्को उत्पादन पूर्ण क्षमतामा

दमाैली, साउन १५ : तनहुँको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ। ६९ मेगावाट क्षमताको आयोजनाले सोही क्षमतामा नै विद्युत्...
मर्स्याङ्दी, जलविद्युत्को उत्पादन पूर्ण क्षमतामा
Hardik ivf

दमाैली, साउन १५ : तनहुँको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ। ६९ मेगावाट क्षमताको आयोजनाले सोही क्षमतामा नै विद्युत् उत्पादन गरिरहेको हो।

यसअगाडि क्षमताभन्दा कम विद्युत् उत्पादन भएकामा केही दिनदेखि वर्षा भएको र हिमाल पग्लिएर नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको मस्र्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिए। उनका अनुसार तीन युनिटबाट २३/२३ गरी ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।'यो केन्द्रमा धेरै बाढी आएको बेला गेग्राङहरु थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ,' उनले भने।

मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो। गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानाला पानी धेरै हुने भएकोले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सुक्खा याममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनामा पानी कम हुने भएकाले पानीको बहाव थोरै हुँदा आयोजनाबाट ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ। यो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

प्रकाशित मिति: १८:५१ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्