Kathmandu Press

श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बर अफ कमर्सको अपेक्षा

काठमाडौं,  साउन १५  : नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ ।श्रीलंकामा कार्यभार सम्हाल्न...
श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बर अफ कमर्सको अपेक्षा

काठमाडौं,  साउन १५  : नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ ।

श्रीलंकामा कार्यभार सम्हाल्न जानु अघि राजदूत मिश्रले काठमाडौंको  जमलस्थित भवनमा चेम्बरका पदाधिकारीसंग भेटवार्ता गरेका हुन् । मिश्रसंगको भेटका क्रममा चेम्बर पदाधिकारीले कठिन परिस्थितीबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रले छिटै लय समात्ने अपेक्षा गरेका थिए ।

चेम्बरका कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवालले राजदूत मिश्रको कार्यकालको सफलताको कामना गरे । श्रीलंकाको आर्थिक अवस्था अहिले चुनौतिपूर्ण भए पनि लामो समय नरहने आफ्नो अपेक्षा रहेको अग्रवालको भनाई छ । सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय संगठनको साझेदार रहेका दुइ मुलुकवीच व्यापारका लागि अझै पनि ठूलो संभाबना रहेको अग्रवालले बताए ।

 नेपाल चेम्बर अफ कर्मस र श्रीलंकन चेम्बर अफ कमर्सबीच अहिले पनि उच्चस्तरीय व्यवसायिक सहकार्य जारी रहेकाले राजदूत मिश्रको कार्यकालमा पनि यसले निरन्तरता पाउने अग्रवालले आशा व्यक्त गरे । अग्रवालले श्रीलंका र नेपालबीच ऊर्जा व्यापारको सभावना रहेको र भारत सहित त्रिपक्षीय सम्झौताको आवश्यक्तामा समेत जोड दिए ।

बुद्धको जन्मभुमी लुम्विनी श्रीलंकन पर्यटकका लागि उत्कृष्ट गन्तव्य वन्न सक्ने र लुम्विनी अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माणले कोलम्वो लुम्बिनी सिधा बिमान सम्पर्कका लागि आवश्यक पहल गर्न पनि कार्यवहाक अध्यक्ष अग्रवालले राजदूत मिश्रसंग आग्रह गरे। 

प्रकाशित मिति: १८:२७ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्