Kathmandu Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, साउन १५  : देशका  विभिन्न  भागमा भएका सवारी दुर्घटनामा परी ४  जनाले ज्यान गुमाएका छन् । काठमाडौंको टोखा नगरपालिका– ३ ग्राण्डीस्थित सडकमा बागमती...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, साउन १५  : देशका  विभिन्न  भागमा भएका सवारी दुर्घटनामा परी ४  जनाले ज्यान गुमाएका छन् । 

काठमाडौंको टोखा नगरपालिका– ३ ग्राण्डीस्थित सडकमा बागमती प्रदेश ०२–०२५ प  १०१८ नम्बरको स्कुटर र बा–९६ प २४४५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा स्कुटर चालक तारकेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीया रोजिना महर्जनको मृत्यु भएको छ ।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक टोखा  नगरपालिका– ३ गणेशथान बस्ने २८ वर्षीय समिर श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । 

मुगुको छायाँनाथ रारा नगरपालिका–  १३ रूघामा लु.४ त ७७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भएको हो ।  साथै दुर्घटनामा घाइते भएका अन्य ६ जनाको जिल्ला अस्पताल ठिनि मुगुमा उपचार भइरहेको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र १ जनाको मध्यम रहेको छ । हाल फरार रहेका
ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यता, झापाको  कन्काई नगरपालिका–३ योगमाया सालिक छेउमा मे१ च १६५४ नम्बरको एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका प्र.१०१–०१५ प २१४८ नम्बरको स्कुटरका चालक झापा गाउँपालिका–६ बस्ने २३ वर्षीय राजेश कार्कीको आइतबार बिहान मृत्यु भएको छ । यही साउन ४ गते भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार मृतककी श्रीमती २० वर्षीया शर्मिला कार्की बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार पश्चात गत आइतबार डिस्चार्ज भएकी थिइन् । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको मलंगवा नगरपालिका–२ झण्डाबजारस्थित सडकमा ग.१ ख ९४५२ नम्बरको बसबाट ओर्लने क्रममा लडेर कौडेना गाउँपालिका–३ बस्ने ४० वर्षीय चन्दन चौधरीको आइतबार बिहान मृत्यु भएको छ । बसबाट ओर्लने क्रममा ढोकाबाट लडेर गम्भीर गाइते भएका  उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका बसका चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:१० बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्