Kathmandu Press

टोखामा मोटरसाइकल र स्कुटर ठाेक्किँदा एकजनाकाे मृत्यु

काठमाडाैं, साउन १५ : काठमाडौंको टोखामा मोटरसाइकल र स्कुटर आपसमा ठाेक्किँदा एकजनाको मृत्यु भएको छ।दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको र उनी काठमाडौंको तारकेश्वर...
टोखामा मोटरसाइकल र स्कुटर ठाेक्किँदा एकजनाकाे मृत्यु

काठमाडाैं, साउन १५ : काठमाडौंको टोखामा मोटरसाइकल र स्कुटर आपसमा ठाेक्किँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको र उनी काठमाडौंको तारकेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीया रोजिना महर्जन रहेको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलचालक टोखा नगरपालिका ३ का २८ वर्षीय समीर श्रेष्ठ घाइते भएका छन्।

Hardik ivf

टोखा नगरपालिका–३ ग्राण्डी पछाडिको सडकमा आज (आइतबार) बिहान ११ बजे वाग्मती प्रदेश ०२–०२९प१०९८ नम्बरको स्कुटर र बा९६प २४४५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। 

दुर्घटनामा गम्भीर घाइते भएकी रोजिनाको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते समीरको सोही अस्पतालमै उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धा भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्