Kathmandu Press

भूकम्पबाट भोजपुरमा भत्कियो घर

भूकम्पबाट भोजपुरमा भत्कियो घर

भोजपुर, साउन १५ : भूकम्पबाट भोजपुरमा एउटा घर भत्किएको छ।

खोटाङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो। यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

राष्ट्रिय भूकम्प मापन  केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो।

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, साउन १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्