Kathmandu Press

वाइसिएलकाे नयाँ नेतृत्व चुन्न भदौ ३-४ मा राष्ट्रिय भेला

काठमाडौं, साउन १५ : नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएलकाे नयाँ नेतृत्व चयनका लागि आगामी भदौ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय भेला हुने भएको छ।भेलामा...
वाइसिएलकाे नयाँ नेतृत्व चुन्न भदौ ३-४ मा राष्ट्रिय भेला

काठमाडौं, साउन १५ : नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएलकाे नयाँ नेतृत्व चयनका लागि आगामी भदौ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय भेला हुने भएको छ।

भेलामा करिब ५ सय प्रतिनिधि सहभागी हुने र पदाधिकारीसहित नयाँ केन्द्रीय समिति चयन हुने जनाइएकाे छ।

Hardik ivf

भेलाका लािग एक महिलासहित प्रत्येक जिल्लाबाट तीन जना, हालका केन्द्रीय सदस्य २०४ जना, दुई केन्द्रीय विभागबाट ४२ प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् । केन्द्रीय कार्यालयले कुल प्रतिनिधिको ५ प्रतिशत मनोनीत गर्ने वाइसिएलले जनाएकाे छ।

गत भदौ १२ र १३ गते सम्पन्न पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन नसकेपछि सुमन देवकोटाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो।

प्रकाशित मिति: १६:०४ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्