Kathmandu Press

अफगानिस्तानमा सडक दुर्घटना, चार जनाको मृत्यु

काबुल, साउन १५ : उत्तरी प्रान्त बाल्खमा भएको सडक दुर्घटनामा चार यात्रुको मृत्यु भएको छ भने अन्य दश जना घाइते भएका छन्। शोल्गारा जिल्लालाई...
अफगानिस्तानमा सडक दुर्घटना, चार जनाको मृत्यु
Hardik ivf

काबुल, साउन १५ : उत्तरी प्रान्त बाल्खमा भएको सडक दुर्घटनामा चार यात्रुको मृत्यु भएको छ भने अन्य दश जना घाइते भएका छन्। 

शोल्गारा जिल्लालाई बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफ सहर जोड्ने सडकमा शनिबार राति दुईवटा कार एकआपसमा ठोक्किँदा महिला र बालबालिकासहित चार यात्रीको घटनास्थलमै मृत्यु भएको प्रान्तीय प्रहरील जनाएको छ। 

चालकको लापरवाही र सडकको दुरावस्थाका कारण अफगानिस्थानमा प्रायः सधै सवारी दुर्घटना हुने गरेका छन्। गत मंगलबार देशको पश्चिमी प्रान्त बाघिसमा यस्तै प्रकृतिको दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्