Kathmandu Press

भारतमा कोरोना सङ्क्रमण केही घट्यो

काठमाडाैं, साउन १५ : बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १९ हजार छ सय ७३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार...
भारतमा कोरोना सङ्क्रमण केही घट्यो

काठमाडाैं, साउन १५ : बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १९ हजार छ सय ७३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। 

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाखमा १९ हजार आठ सय ११ पुगेको छ। देशभर एक लाख ४३ हजार छ सय ७६ सक्रिय सङ्क्रमित छन्। यसैगरी१९ हजार तीन सय ३६ सङ्क्रमणमुक्त भएका छन्।

योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३३ लाख ४९ हजार सात सय ७८ पुगेको छ। कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार तीन सय ५७ जनाको मृत्यु भएको छ। 

महामारी शुरु भएयता ८७ करोड ७५ लाखभन्दा बढीको परीक्षण गरिएको छ। सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ। अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ।

प्रकाशित मिति: १५:५१ बजे, आइतबार, साउन १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्