Kathmandu Press

ब्राजिलका लागि आवासीय राजदूतमा काफ्ले नियुक्त

काठमाडौं, साउन १५ : ब्राजिलका लागि नेपालका आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई आज (आइतबार) आवासीय राजदूत नियुक्त...
ब्राजिलका लागि आवासीय राजदूतमा काफ्ले नियुक्त

काठमाडौं, साउन १५ : ब्राजिलका लागि नेपालका आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई आज (आइतबार) आवासीय राजदूत नियुक्त गरेकी हुन्।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री निर्मलराज काफ्लेलाई संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी सूचनामा उल्लेख छ।

 

प्रकाशित मिति: १५:४८ बजे, आइतबार, साउन १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्