Kathmandu Press

राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर

काठमाडौं, साउन १५ : नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर चयन भएका छन्। सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको संघको बैठकले उनलाई सर्वसम्मत रूपमा सभापतिमा चयन...
राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर

काठमाडौं, साउन १५ : नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर चयन भएका छन्। 

सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको संघको बैठकले उनलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको हो। उनी नेपाल राष्ट्रिय मगर संघका संस्थापक सचिव हुन्।

सोही संघमा महासचिव, उपसभापतिको जिम्मेवारी समालिसकेका थापाले कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा सचिवको भूमिकासमेत निर्वाह गरिसकेका छन्।

लोकतन्त्रमा आस्था राख्ने मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफूले भूमिका खेल्ने उनले बताए। निर्धारित समयमै राष्ट्रिय महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्ध पनि उनले व्यक्त गरे। 

राष्ट्रिय मगर संघ नेपाली कांग्रेसको भ्रातृ संस्था आदिवासी जनजाति महासंघअन्तर्गतको एउटा संगठन हो। कांग्रेसले हालै नेपाल आदिवासी जनजाति महासंघलाई भ्रातृ संस्थाका रूपमा मान्यता प्रदान गरेको हो। महासंघमा आदिवासी जनजातिअन्तर्गतका विभिन्न जातीय संघ आबद्ध छन्।


 

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, साउन १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्