बढ्यो सुनको मूल्य
काठमाडाैं, साउन १५ : सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ८०० तोकिएको छ।अघिल्लो दिन प्रतितोला...
काठमाडाैं, साउन १५ : सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ८०० तोकिएको छ।
अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार १०० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २३० तोकिएकोे छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
प्रकाशित मिति: १४:४६ बजे, आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786430634.png)










