मुलुकलाई ठीक ठाउँमा ल्याउन कांग्रेसलाई जिताउनुस्: कोइराला
पोखरा, मंसिर ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुकलाई ठीक ठाउँमा ल्याउन कांग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने बताएका छन्। ....

पोखरा, मंसिर ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुकलाई ठीक ठाउँमा ल्याउन कांग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने बताएका छन्।
शुक्रबार पोखरा–९ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले चालेका कदम अलोकतान्त्रिक भएको आरोप लगाउए। उनले संविधान, प्रेस स्वतन्त्रता, समावेशीता, गणतन्त्र र संघीयता मास्न सरकार उद्धत रहेको उल्लेख गरे।
“कास्की क्षेत्र नं २ अन्तर्गत केही वडामा कांग्रेसका प्रतिनिधि छन्, प्रदेशमा पनि कांग्रेसकै प्रतिनिधि छन्। त्यसैले प्रतिनिधिसभामा पनि कांग्रेसकै नेता पुगे यस क्षेत्रको विकास कायापलट हुन्छ,’ उनले भने।
चुनावी सभालाई सम्बोध गर्दै युवा नेता गगनकुमार थापाले कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गरे।
राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवारभन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेकाले यी गुण उम्मेदवार पौडेलमा रहेको उनको भनाइ थियो।











