Kathmandu Press

ऋण तिर्ने उपाय पहिल्याउन दलहरूलाई श्रीलंकाली राष्ट्रपतिको आग्रह

काेलम्बाे, साउन १५ : श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक सङ्कटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक...
ऋण तिर्ने उपाय पहिल्याउन दलहरूलाई श्रीलंकाली राष्ट्रपतिको आग्रह

काेलम्बाे, साउन १५ : श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक सङ्कटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघिबढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रह गरेका छन्। 

देशले झेल्नुपरेको वर्तमान चुनौतीलाई स्थायीरूपमा समाधानका निम्ति सबै राजनीतिक दलले सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले देशको अहिलेको आर्थिक सङ्कटका लागि पूर्वराष्ट्रपति गोटबाया राजापाक्षलाई दोष दिनुको कुनै अर्थ नभएको बताए। 

Hardik ivf

शनिबार क्याण्डीमा भएको एक कार्यक्रममा उनले देशलाई आर्थिक सङ्कटबाट मुक्त गरी वैदेशिक ऋण चुक्ता गर्न सबै राजनीतिक दललाई एकजुट हुन आग्रह गरे। साथै उनले त्यस निम्ति उपाय पहिल्याउन पनि आग्रह गरे। आईएमएफसँगको सम्झौताले श्रीलंकाको समस्या पूर्ण रूपमा समाधान नहुने बताए।

आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि अगाडि बढेको आईएमएफसँगको सम्भावित सम्झौता देशमा व्याप्त अस्थिरताका कारण रोकिएको जनाउँदै उनले आगामी अगस्टको अन्त्यपछि सम्झौता हुनसक्ने बताए। आईएमएफसँग सम्झौता नभएसम्म अन्य देशले श्रीलंकालाई आर्थिक सहयोग गर्न इच्छुक नहुने दोहोर्‍याए। 

यसैबीच, सरकारी तथ्यांकअनुसार यसै वर्षको जुनमा २७ हजार नौसय जना रोजगारीको खोजीमा बाहिर गएका, अनुमतिप्राप्त वैदेशिक रोजगार प्रदायक निकायमार्फत नौ हजार आठसय ५४ जना रोजगारीका लागि विदेश गएका छन्। यस वर्षको जनवरीदेखि एक लाख ५० हजारभन्दा बढीले देश छाडेका छन्। 

चरम आर्थिक सङ्कटले पिरोलिएका श्रीलंकाका जनता औषधि, इन्धन र खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको अभावमा संघर्ष गरिरहेको छन्। राजापाक्षको कुशासनका कारण आफूहरूले अकल्पनीय अभावको सामना गर्नुपरेको भन्दै हज्जारौँ सर्वसाधारण विरोध प्रदर्शनमा उत्रेका थिए भने केहीले राष्ट्रपति निवासमा प्रवेश गरेर उनलाई देश छाड्न बाध्य पारेका थिए।

प्रकाशित मिति: १४:३० बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्