Kathmandu Press

इरान बाढी : ५९ जनाको मृत्यु, ३० जना बेपत्ता

तेहरान, साउन १५ : अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी देशका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना...
इरान बाढी : ५९ जनाको मृत्यु, ३० जना बेपत्ता

तेहरान, साउन १५ : अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी देशका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना हराइरहेका छन्।

 रेड क्रिसेन्ट सोसाइटीका अनुसार  ६० वटा शहर, पाँचसय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन्। हालसम्म एक हजार तीनसय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, नौ सय ४४ जनालाई उद्धार गरिएको छ। 

राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका सङ्घसङ्गठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन्। 

प्रकाशित मिति: १४:२८ बजे, आइतबार, साउन १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्