एम्बुलेन्सको ठक्करबाट झापामा स्कुटर चालकको मृत्यु
झापा, साउन १५ : झापाको कन्काई नगरपालिकामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।कन्काई–३ स्थित सुरुंगा–कुमरखोद सडकखण्डमा आज (आइतबार) दिउँसो मे१च १६५४ नम्बरको...
झापा, साउन १५ : झापाको कन्काई नगरपालिकामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
कन्काई–३ स्थित सुरुंगा–कुमरखोद सडकखण्डमा आज (आइतबार) दिउँसो मे१च १६५४ नम्बरको एम्बुलेन्सले प्र १–०१–०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
मृत्यु हुनेमा स्कुटरमा सवार झापा गाउँपालिका–६ बस्ने २३ वर्षीय राजेश कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। एम्बुलेन्सको ठक्करबाट घाइते भएका कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।
प्रहरीले एम्बुलेन्स र त्यसका चालक बिर्तामोड नगरपालिका–१० बस्ने वर्ष ४६ वर्षीय चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गररिहेको जनाइएको छ।
प्रकाशित मिति: १४:०६ बजे, आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












