Kathmandu Press

बिरामीलाई रगत निःशुल्क

पर्सा, साउन १५ : पर्साको वीरगञ्ज महानगरपालिका-१० ले बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ।बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध...
बिरामीलाई रगत निःशुल्क

पर्सा, साउन १५ : पर्साको वीरगञ्ज महानगरपालिका-१० ले बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ।

बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन वडा कार्यालय र रक्तसञ्चार केन्द्र, वीरगञ्जबीच सम्झौता भएको छ। 

विपन्न नागरिक बिरामी हुँदा रगत अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्रसँग सम्झौता गरिएको वीरगञ्ज–१० का वडाअध्यक्ष साह कानुले बताए।

उनका अनुसार वडाले निःशुल्क रगत सेवाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा रु तीन लाख बजेट छुट्याएको छ। वडाध्यक्ष   कानुले नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसियालाई पहलो चरणमा रु एक लाखको चेक हस्तान्तरण गरे।  

वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रले एक युनिट रगतको रु. एक हजार ५० सेवा शुल्क लिने गरेको छ। तर वडा नम्बर १० का बासिन्दाले वडा कार्यालयबाट सिफारिस लिएर गएमा निःशुल्क रगत प्राप्त गर्ने वडा कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, साउन १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्