Kathmandu Press

खाेटाङ भूकम्पकाे क्षति विवरण संकलन हुँदै

काठमाडाैं, साउन १५ : खोटाङमा आज (आइतबार) बिहान गएको भूकम्पबाट हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही घरमा क्षति पुगेको जनाइएको...
खाेटाङ भूकम्पकाे क्षति विवरण संकलन हुँदै

काठमाडाैं, साउन १५ : खोटाङमा आज (आइतबार) बिहान गएको भूकम्पबाट हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही घरमा क्षति पुगेको जनाइएको छ। 

साकेला गाउँपालिका–५ को मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर  ८ बजेर १३ मिनेट जाँदा ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले बताएकी छन्। उनका अनुसार यो गोरखा भूकम्पको परकम्प नभई भूकम्प हो। भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो।

भूकम्पका कारण कति घरमा केकस्तो क्षति पुग्यो भनी विवरण संकलन कार्य जारी रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए। भूकम्पबाट खाेटाङकाे साकेलाका केही घर चर्किएको विवरण प्राप्त भएकाे उनले जानकारी दिए।

भूकम्पले भोजपुरस्थित टक्सारमा रहेका केही घरमा क्षति पुर्‍याएको जनाइएकाे छ। भूकम्पको केन्द्रबिन्दु रहेको स्थलमा सुरक्षाकर्मी पुगिसकेको जनाइएको छ।

भूकम्पका कारण केही घरमा क्षति पुगेका तस्बिरहरू प्राप्त भएका छन्।

प्रकाशित मिति: १२:४७ बजे, आइतबार, साउन १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्