Kathmandu Press

केन्टकी बाढी : एकै परिवारका चार बालबालिकासहित २५ जनाको मृत्यु

केन्टकी बाढी : एकै परिवारका चार बालबालिकासहित २५ जनाको मृत्यु

सिकागो, साउन १५ : पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका चार बालबालिकासहि २५ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी हराइरहेका छन्। 

केही क्षेत्रहरूमा सहायताकर्मी पुग्न सक्ने अवस्था नरहेको बताउँदै  केन्टकीका गभर्नर एण्डी बेसेयरले मृतकको सङ्ख्या बढ्न सक्ने जनाएका छन्। बाढीका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा शनिबार बिहानसम्म राज्यभरका १६ हजार ग्राहक बिजुलीविहीन रहेका छन्।

बेशियरले राज्यभर आपत्काल घोषणा गरिएको र उद्धा तथा सहयोगका लागि राष्ट्रिय उद्धार सुरक्षादस्तालाई बोलाइएको बताएका छन्। बाढीले वेस्ट भर्जिनिया र भर्जिनियाका केही भागमा पनि असर गरेको छ। वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले छवटा काउन्टीमा आपत्काल घोषणा गरेका छन्। 

पूर्वी केन्टकीका केही क्षेत्रमा आज पनि बाढीको चेतावनी दिइएको छ। मौसम पूर्वानुमान सेवाले उक्त क्षेत्रका नदीनालामा जलसतह बढ्ने भविष्यवाणी गरेको छ।

प्रकाशित मिति: १२:१७ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्