Kathmandu Press

राष्ट्रपति बाइडेनमा पुनः कोरोना सङ्क्रमण

वासिङटन, १५ : राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ।पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको...
राष्ट्रपति बाइडेनमा पुनः कोरोना सङ्क्रमण

वासिङटन, साउन १५ : राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ।

पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन्। 

Hardik ivf

तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा. केभिन ओ कनरले बताएका छन्। उनासी वर्षीय सङ्क्रमित राष्ट्रपति पुनः एकान्तबासमा फर्केका छन्। उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुईपटक वुष्टर डोज लिएका थिए। 

सङ्क्रमणमुक्त नभएसम्म उनी एकान्तबासमा नै रहने चिकित्सका कनरले बताएका छन्। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिकाअनुसार उनले कम्तीमा पाँच दिन एक्लै बस्नुपर्नेछ। राष्ट्रपति भवनको एउटा कोठामा उनी एक्लै बस्नेछन्। 

प्रकाशित मिति: १२:१५ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्